बार्सिलोना बेन्फिकासँग पराजित

एजेन्सी

विहीबार, १४ असोज २०७८, ०७ : ५७
बार्सिलोना बेन्फिकासँग पराजित

काठमाडौं । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा अर्को नमिठो नतिजा आत्मसात् गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३–० गोलले पराजित भएको हो ।

बेनफिकाबाट उरुग्वेली स्ट्राइकर डार्विन नुनेजले दुई तथा राफा सिल्भाले एक गोल गरे । यसअघि पहिलो खेलमा बार्सालाई बार्यनले ३–० ले नै हराएको थियो । च्याम्पियन्स लिगमा सुरुवाती दुई खेल सकिदाँ बार्यनले ६ र बेनफिकाले ४ अंक जोडेका छन् । तर, बार्साले कुनै अंक जोड्न सकेको छैन । 

बुधबार पनि बार्साका कुनै स्ट्राइकरले राम्रो प्रदर्शन गर्न सकेनन् । च्याम्पियन्स लिगमा सुरुवाती दुई खेल खेल्दासम्म बार्साका खेलाडीले गोलको खाता खोल्न सकेका छैनन् । जसकारण, प्रशिक्षक रोनाल्डो कोम्यान निकै दबाबमा छन् ।