नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवको राजीनामा

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, १९ : ५०
नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवको राजीनामा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍यालले राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै राजीनामा घोषणा गरेका हुन् ।

‘हामीले क्यानलाई अप्ठेरो परेका बेला लड्यौं र क्यानलाई स्थापित पनि गर्‍यौं । अब हामी यो गौरवान्वित क्षणमा राजीनामा दिएर बाहिरिन चाहन्छौं,’ सचिव प्याकुर्‍यालले भने, ‘अब नयाँ नेतृत्व आउनुपर्छ ।’ आफूहरू क्यान कमजोर भएको बेला लागेको र अब क्यान बलियो भइसकेकाले बाहिरिन चाहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस