काठमाडौं । एमालेको विधान महाधिवेशन १५–१७ असोजमा ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थलको अवलोकन गर्न बुधबार दिउँसो सम्मेलन केन्द्र पुगेका छन् ।
महाधिवेशनमा करिब पाँच हजार सहभागी हुनेछन् । उनीहरूलाई सम्मेलन केन्द्रभित्र र बाहिर राख्ने व्यवस्था मिलाइएको छ । सम्मेलन केन्द्रको हलमा दुई हजार आठ सय ४० जनामात्रै अट्नेछन् र बाँकीलाई बाहिर बस्ने व्यवस्था मिलाइएको छ ।
हल बाहिर स्क्रिन राखेर दुई साइडमा एक एक हजार राख्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनमा करिब तीन सय स्वयंसेवक खटिनेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असोज २०७८, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने