न्यूयोर्क । परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी दलिय सहमतिको आधारमा पारित गरिनुपर्ने बताएका छन् । न्यूयोर्कमा नेपाली समुदायसंगको अन्र्तकृया कार्यक्रममा बोल्दै मन्त्रि खड्काले भने, “सबै दल बसेर छलफल गरौँ, हामीलाइ चाहिने हो भने पारित गरौँ नभए नगरौँ ।’
एमसिसिको बारे कतिपय भ्रम समेत रहेको बताउदै उनले त्यसलाइ सरकारले प्रस्ट पार्न कोसिस गर्ने बताए । हामीलाइ यो चाहिन्छ भन्ने निष्कर्षमा पुगिन्छ भने पारित गरौैँ नभए नगरौँ, यसलाइ धेरै गिजोल्न तिर लाग्न नहुने बताउदै उनले यो एक दलले मात्र गरेर नहुने बताए । “सरकार वा कुनै एक दलले मात्र चाहेर एमसिसि पारित हुने अवस्था छैन, यसमा राष्टिय सहमति अवश्यक छ” उनले भने ।
राजनीतिका दल पिच्छेको बिदेशनीतिले मूलुकको बैदेशीक सम्बन्ध संचालन हुन नहुने बताए । देशको बिदेशनीतिलाइ राजनीतिक दलको नीतिले प्रतिस्थापन गर्ने खोज्दा समस्या आउछ । “म सबै राजनीतिक दलको समहमतिको आधारमा अगाडि बड्ने छु” उनले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा जनसंपर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, न्युयोर्क च्याप्टर प्रेसिडेन्ट आंगछिरिंग शेर्पा, समाजिक अभियन्ता डा। बिष्णुमाया परियार, प्रवासी मंचका टेक गुरुगं, एनआरएनए अमेरिकाका पुर्वअध्यक्ष केशव पौडेल, पत्रकार किरण मरहठा लगायतले नेपाली अमेरिकन समुदायको चासो र चिन्ताका बारे जानकारि गराएका थिए भने एनआरएनएका महासचिव अन्जनकुमार चौलागाइले एनआरएनको समस्या बारे ज्ञापनपत्र बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असोज २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया जिम्मेवार हुनुपर्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता