काठमाडौं । साताको दोस्रो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । आइतबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४१ अंकमा झरेको छ । नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घटेको हो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंकले घटेको छ । कारोबार रकम पनि आइतबारको तुलनामामा सुस्ताएको छ । बजार ठूलो अंकले घटे पछि बिक्री चाप पनि कम देखियो । जसको असर कारोबार रकममा परेको हो ।
सोमबार ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । यसअघि आइतबार साढे ६ अर्बको शेयर किनबेच भएको थियो । बजार घटेपनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनीको पनि शेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असोज २०७८, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे
नेप्से परिसूचक २६ अंकले घट्यो