काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै छन् ।
पार्टीको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यतालिका रहेको छ । त्यसपछि बैठकले प्रतिवेदन पारित गर्ने बताइएको छ ।
केन्द्रीय समितिबाट राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव पारित भएपछि आगामी साता आयोजना हुने विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ । त्यसअघि प्रस्तावहरुमाथि छलफल गर्नकै लागि गएको शुक्रबारबाट केन्द्रीय समिति बैठक सुरु भएको थियो ।
आजको बैठकमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, सांगठनिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव पौडेलले सुझाव तथा प्रश्नहरुको आधारमा जवाफ दिनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असोज २०७८, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान
एमाले अध्यक्ष ओली पक्राउपछि तनावः सडकमा उत्रिए आक्रोशित कार्यकर्ता
जेन जेड आन्दोलनका घटना बहालवाला न्यायाधीशबाट छानबिन गर्न एमालेको माग
ओली र लेखकको गिरफ्तारी गैरकानुनी: एमाले
एमालेले सार्वजनिक गर्यो विरोध कार्यक्रम