नेपालमा १३ लाखले गराए सुरक्षित गर्भपतन

सफल खबर संवाददाता

आइतबार, १० असोज २०७८, १३ : ०८
नेपालमा १३ लाखले गराए सुरक्षित गर्भपतन

काठमाडौं । ‘सुरक्षित गर्भपतनको अधिकारः मौलिक हक सुनिश्चिताको आधार’ भन्ने नाराका साथ आइतबार देशभर सातौ राष्ट्रिय सुरक्षित गर्भपतन दिवस मनाइँदै छ ।

CG Developers Tansen Cement box

प्रजनन स्वास्थ्य महिलाको अधिकारसँगै सुरक्षित गर्भपतन् प्रजनन् स्वास्थ्यको एक अभिन्न अंग हो । संविधानले मौलिक हकको रुपमा सुनिश्चत गरेको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ र सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली, २०७७ समेत जारी भई लागु भइसकेको छ । 

यद्यपि नेपालमा गर्भपतनले कानूनी मान्यता पाएको १९ वर्ष बितिसक्दा पनि जम्मा ४२ प्रतिशत महिला यसबारे जानकार रहेको पाइएको छ ।  यहीबीच  १३ लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतन सेवा लिइसकेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले जनाएको छ ।

गर्भपतन सेवा सुरक्षित, पहँुचमा पुर्याउनका लागि नीति र निर्देशिकाहरु परिस्किृत गरिदै लैजाने महाशाखाका निर्देशक डा. विवेकलाल बताउँछन् । ४ हजारभन्दा धेरैलाई स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरी करिब १५ सय स्वास्थ्य संस्थाहरुबाट सुरक्षित गर्भपतन सेवालाई सञ्चालनमा आइरहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस