दशैंसम्म १ करोड ७५ लाख नेपालीलाई कोभिडविरुद्धको खोप लगाउछौं : राज्यमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १५ : ४८
दशैंसम्म १ करोड ७५ लाख नेपालीलाई कोभिडविरुद्धको खोप लगाउछौं : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैंसम्म १ करोड ७५ लाख नेपालीलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप लगाइसक्ने बताएका छन । 

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा आज राज्यमन्त्री श्रेष्ठले दशैंसम्म १ करोड व्यक्तिलाई पहिलो डोज खोप दिने र ७५ लाखलाई दुवै मात्रा खोप लगाउने दाबी गरे । हाल सम्म १ करोड ७७ लाख डोज खोप प्राप्त भइसकेको उनले जानकारी दिए ।

राज्यमन्त्री श्रेष्ठले ३ करोड ५९ लाख डोजमध्ये बालबालिकालाई लगाइने मोडर्ना ४० लाख र फाइजरको ६० लाख डोज खोप आउने सुनिश्चित भइसकेको बताए। उक्त खोपका लागि १ हप्ता भित्र रकम भुक्तानी गरिने उनले जानकारी दिए।

देशभर हालसम्म ६२ लाख व्यक्तिले पहिलो डोज खोप लगाउँदा ५६ लाखले पूर्ण अर्थात दोस्रो मात्रा खोप लगाएका छन् । मन्त्रालयको योजनाअनुसार अबको एक महिनाभित्र ५७ लाख व्यक्तिलाई खोप लगाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस