काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।
नवनियुक्त मन्त्री खड्काले केहीबेरमा सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगी पदभार ग्रहण गर्नेछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का आजै न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असोज २०७८, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण