राजनीतिमा परिवर्तनको अपिल गर्दै विश्वप्रकाशले सार्वजनिक गरे २४ बुँदे अवधारणा पत्र

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, १४ : ५४
राजनीतिमा परिवर्तनको अपिल गर्दै विश्वप्रकाशले सार्वजनिक गरे २४ बुँदे अवधारणा पत्र

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् ।संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तनु भन्ने अपिल गर्दै अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

अवधारणापत्रमा शर्माले पार्टीको १४औ महाधिवेशनमा राजनीतिक परिवर्तनको अनिवार्यतामा जोड दिएका छन् । चौधौं महाधिवेशनको क्रममा एकातर्फ विगतको आत्मसमीक्षा गर्नुपर्ने र अर्कातर्फ भविष्यको आत्मचिन्तन गर्नुपर्ने उल्लेख गरेका छन् । 

शर्माले स्थापनाकालमा विपी कोइरालालगायत अग्रजले देशसामु राखेको संकल्प र सपनाले हासिल गरेको उपलब्धिप्रति एकातर्फ गौरब त अर्कातर्फ कार्यसम्पादनमा रहेका कमजोरीको इमान्दार पहिचान गर्दै बदलिएको नेपाल र बदलिएको समयलाई सम्बोधन गर्ने नवीन संकल्प र सपनाको रेखांकन अबको कांग्रेसले गर्नुपर्ने औल्याएका छन् ।

इतिहासको कालखण्डमा विपीले देशका लागि देखेको सपनालाई एक्काइसौ शताब्दीको नेपाली युवाको आजको सपनासँग एकाकार गरेर समयसापेक्ष सपनाुका साथ कांग्रेस अघि बढ्नुपर्ने उनको अवधारणा छ ।

यो यात्राले कांग्रेसको रुपान्तरण, सामाजिक परिवर्तन र भौतिक प्रगतितर्फको आकांक्षालाई सम्बोधन गर्न सक्नुछ । चौधौं महाधिवेशन क्रममा यि समग्र विषयमा हामीले चिन्तन गर्नुछ,अवधारणापत्रमा भनिएको छ ।कांग्रेस युवा नेता शर्माले २४ भदौमा बिपी स्मृति दिवसको अवसर पारेर सुन्दरीजलबाट १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।


 

प्रतिक्रिया दिनुहोस