रसियाको संसदीय निर्वाचनमा पुटिनको पार्टी बहुमत नजिक

एजेन्सी

आइतबार, ०३ असोज २०७८, १२ : ३७
रसियाको संसदीय निर्वाचनमा पुटिनको पार्टी बहुमत नजिक

मस्को । रसियामा सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी बहुमत नजिक देखिएको छ । तीन दिनअघि सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति पुटिनको पार्टी बहुमत नजिक देखिएको हो । निर्वाचनमा पुटिनका बिरोधी र आलोचकहरुलाई प्रतिष्प्रर्धा र मतदानमा रोक लगाइएको थियो ।

दमनबीच भएको चुनावको अन्तर्राष्ट्रिय समुदायले बिरोध गरेको थियो । सरकारले  पुटिनका प्रमुख प्रतिद्वन्द्वी अलेक्सी नभाल्नीलाई कैद गरिएको छ भने उनले नेतृत्व गरेको संगठनलाई ‘आतंकबादी’ को बिल्ला लगाउँदै प्रतिबन्ध लगाएको थियो । 

निर्वाचनको पूर्वसन्ध्यामा नभाल्नीका मुख्य सहयोगीलाई पक्राउ गरिएको थियो सरकारी दमनपछि केहीले देश छोडेर भागेका थिए । चुनावको पूर्वसन्ध्यामा सरकारको बिरोधमा उत्रिएका प्रदर्शनकारीलाई सरकारले पक्राउ गरेको थियो ।  नभाल्नीको समुहसँग आबद्ध रहेको आशंका लागेका व्यक्तिलाई संसदीय निर्वाचनमा प्रतिष्प्रर्धा गर्न रोक लागेको थियो । 

‘वास्तवमा यो निर्वाचन थिएन । नागरिकलाई कुनै छनौट नै थिएन,’ रसियाली सहर सेन्ट पिटर्सवर्गका व्यापारी भ्लादिमिर जाखारोभ भन्छन् । निर्वाचनमा व्यापक धाँधली र मत पेटिका कब्जा गरिएको थियो । 
 


 

प्रतिक्रिया दिनुहोस