काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकहप्ताभित्रै मन्त्रिपरिषद्ले पुर्णता पाउने बताएका छन् ।
राजधानीको नयाँ बानेश्वरस्थित आलोकनगरमा स्थापना गरिएको केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्।
सरकार विस्तार नहुँदा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन पक्षीय दल र त्यसका शीर्ष नेताहरुको आलोचना भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले एकहप्ताभित्र सरकारले पूर्णता पाउने दावी गरेका छन्।
उनले सत्ता पक्षीय दलहरुको गठबन्धन आउने तीन तहको चुनावसम्म कायम रहनेसमेत बताएका छन् । नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले आजदेखि आफ्नो केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। पार्टीले आलोकनगरस्थित पूजा थापा बस्नेतको घरमा केन्द्रीय कार्यालय स्थापना गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असोज २०७८, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल