४४ लाख मात्रा भेरोसेल खोप आज आउँदै

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, १० : ४४
४४ लाख मात्रा भेरोसेल खोप आज आउँदै

काठमाडौं । सरकारले खरिद गरेको थप ४४ लाख मात्रा भेरोसेल खोप आज दिउँसो २ बजे आउँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रीन्जी शेर्पाका अनुसार नेपाल वायु सेवा निगमको वाइडबडी जहाज बिहीवार राति ११ बजे बेइजिङ प्रस्थान गरेको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खरिद गरिएको ६० लाख मात्रा खोपमध्ये ४४ लाख मात्रा खोप आज काठमाडौं आइपुग्नेछ । जसमध्ये खरिद गरिएको १६ लाख मात्रा खोप भित्रिसकेको छ ।

हालसम्म कोभिशिल्डको २४ लाख ४८ हजार, भेरोसेल ७४ लाख, जोन्सन एन्ड जोन्सनको १६ लाख, एस्ट्राजेनेका १७ लाख ७७ हजार ३२० मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस