राप्रपा कास्कीको अध्यक्षमा गुरुङ निर्वाचित

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, ०८ : ०३
राप्रपा कास्कीको अध्यक्षमा गुरुङ निर्वाचित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कास्की जिल्ला अध्यक्षमा नारायण गुरुङ निर्वाचित भएका छन् । पार्टीको जिल्ला अधिवेशनले गुरुङलाई अध्यक्ष निर्वाचित गर्दै २८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । 

राप्रपा कास्कीको जिल्ला सदस्यहरुमा मनिष केसी, प्रताप सुबेदी, बसन्तराज अधिकारी, शोभा गुरुङ, प्रकाश सापकोटा, जागेर हुसेन मियाँ, सन्दीप धमला, लक्ष्मीकान्त पौडेल, विष्णुप्रसाद अधिकारी, डण्डीराज आचार्य, सुर्य पुन, श्रवणराज पन्त, गंगा थापा क्षेत्री, ईश्वरी चापाँगाई, ओम बहादुर कार्की, विष्णु कार्की, प्रेम मल्ल, युद्धबहादुर कोईराला, पुर्णेश्वर सुनार, नेत्रपाणी देवकोटा, मोतिमान शाक्य, कृष्णकुमारी सुबेदी, लक्ष्मी अधिकारी, ईन्द्रकुमारी शाही, गणेश बहादुर ढकाल, सिता जिसी र जगत सुबेदी रहेका छन् । 

निर्वाचित भएपश्चात अध्यक्ष गुरुङले कास्कीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको जग बलियो बनाउनमा आफ्नो ध्यान केन्द्रित हुने प्रतिक्रिया दिए । ‘विशेष परिस्थितीमा म पार्टीको नेतृत्वमा आएको छु । पार्टीको पुरानो शाख जोगाउन र युवाहरुलाई पार्टीमा आकर्षित गर्नमा मेरो विशेष ध्यान हुनेछ ।’ अध्यक्ष गुरुङले भने–‘नजिकिएको चुनाव केन्द्रित रहेर जनस्तरमा पार्टीको जग बलियो बनाउन मैले मेरो टिमलाई खटाउनेछु ।’

राप्रपा कास्कीका अध्यक्ष निर्वाचित भएका गुरुङ निर्माण व्यवसायी समिति पोखराका समेत अध्यक्ष हुन् । हाल अध्यक्ष मात्रै चयन गरि कार्यसमिति विस्तार गरिएपनि चाँडै नै अध्यक्षले सदस्यहरुमध्येबाटै पदाधिकारी चयन गरि जिम्मेवारी दिने कार्ययोजना रहेको राप्रपा कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस