पर्सा । स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ सहित वीरगंज महानगरपालिका-६ गहवामाई बस्ने ४७ वर्षीय कन्हैया प्रसाद सोनार र बारा परवानीपुर गाउँपालिका ३ लिपनीमाल बस्ने १९ वर्षीय दिपक कुमार सर्राफलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महनगरपालिका-६ माईस्थानस्थित कन्हैया प्रसादको केपि ज्वेलर्समा हुण्डी कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ज्वेलर्समा तलासी गर्दा उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट २ थान मोबाइल, ३ वटा बिल बिजक रसिद, २६ वटा खरिद बिक्री रेकर्ड फाईल,१६ थान विभिन्न बैंकका चेकहरू र बैंकमा बुझाएको ११ लाखको भौचर समेत फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ भदौ २०७८, १८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँबाट चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ