काठमाडौं । नेप्से परिसूचक आज ७६.६५ अंकले घट्दै २८१२.३९ विन्दुमा पुगेको छ । १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर किनबेचमा ९ अर्ब ३ करोड ३९ लाख ६२३ बराबरको कारोबार भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा १२ करोडको सीमा तोकेपछि सेयर बजार प्रभावित बनिरहेको छ ।
लगानीकर्ता राष्ट्र बैंकको नीतिका विरुद्ध नेप्सेको कार्यलयमा आजबाट आमरण अनसनमा बसेका छन् । नेप्सेमा उच्च अंकको गिरावट आए पनि कारोबार रकम भने हिजोको भन्दा दोब्बरले बढेको छ ।
आज अरुण कावेली हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ३८ करोड बराबरको कारोबार भयो । फाइनान्स कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ४.९४ प्रतिशतले गुमाउन पुगेका छन् भने हाइड्रोपावरकाले पनि ४ प्रतिशतले गुमाए । आज उप समूहका सबै सूचक रातो लागेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ भदौ २०७८, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार
सेयर बजारका सबै सूचक घटे