कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको म १ च २८८ नं को एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको हो ।
एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानले बताए ।
एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका– १६ का अन्दाजी ४० वर्षीय गणेश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको गुलरिया क्षेत्रमा सडक अवरुद्ध गरेका थिए । अहिले अवरुद्ध सडक चलिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० भदौ २०७८, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त
धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, २८ जना घाइते
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरमा उद्धार
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु