बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्री वलीको किटानी जाहेरी परेको छ । तर प्रहरीले किटानी जाहेरी दर्ता गर्न मानिरहेको छैन । वलीले पोखरेलसहित चार जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी हुन्, तर प्रहरीले आलटाल गरेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ।
साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर आफूलाई बन्धक बनाइएको वलीको जिकिर छ । लुम्बिनी प्रदेश माओवादी मुख्य सचेतक तुलाराम घर्ती मगरका अनुसार अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार पोखरेलसहित ४ जनालाई कारबाहीको माग गर्दै वलीले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।
उनका अनुसार बुटवल प्रहरीले दाङ रिफर गर्नुपर्ने भन्दै दर्ता गर्न आलटाल गरेको छ ।
उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका किरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेको बताए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको भए पनि विमला वलीको घटनाको सुरु दाङमा भएकोले त्यहाँ नै उजुरी दर्ताको लागि जानुपर्ने बताए ।
माओवादीका प्रमुख सचेतक घर्तीले प्रहरी बुटवलमा दर्ता गरेर दाङमा रिफर गर्नु पर्नेमा ढिलाइ गरेको बताए । दाङ प्रहरीले भने जाहेरी आफूकहाँ आइनपुगेको बताएको छ। दाङबाट उप निर्वाचनमा विजेता वली सुरुमा एमाले कि माओवादीको तानातान परेको बेला मुख्यमन्त्री कार्यालयमा आफूलाई बन्धक बनाएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० भदौ २०७८, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलियो शक्ति भएकै कारण एमालेमाथि चौतर्फी प्रहार: शंकर पोखरेल
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल
भोलि काठमाडौंमा युवाहरूको ऐतिहासिक जमघट हुनेछ: शंकर पोखरेल
हाम्रो पार्टी र नेतृत्व विरुद्ध चौतर्फी हमला भइरहेको छ : शंकर पोखरेल
ज्ञानेन्द्रको ‘थ्रेट’ सामु राप्रपा निरिह बन्यो: शंकर पोखरेल
समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शन सकारात्मक: शंकर पोखरेल