काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से १८ दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार ९२९ दशमलव २८ विन्दुमा पुगेको हो ।
मंगलबार दुई सय २२ कम्पनीको एक करोड ६३ लाख कित्ता सेयर करोबार भएको छ । पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ ।आज सबै समूहका उपसूचांक राताम्मे भएका छन् ।
सबैभन्दा बढी निर्जिवन बिमा समूहको सूचक ओरालो लागेको छ । दोस्रोमा विकास बैंक छ । निर्जिवन बिमा समूह दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने विकास बैंक समूहका सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । अन्य बाँकी सबै समूहको सूचकमा शून्य दशमलवभन्दा धेरै गिरावट आएको छ ।
आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । कम्पनी १० प्रतिशतले फाइदामा गएको छ । आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ता छन् । कम्पनी ५ दशमलव ५६ अंकले घाटामा गएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ भदौ २०७८, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट
२२ अंकमा खुम्चियो सेयर बजार