रुपन्देही । आठ महिना शिशुको हत्या गर्ने आमा एक दम्पतीलाई पक्राउ गरेको छ । रुपन्देहीको गैडहवाका एक दम्पतीले आफ्नै आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गैडहवा ६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेका छन् ।मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
हाल दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । हत्याको विस्तृत जानकारी बाहिर आइसकेको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा जग्गा सम्बन्धी विवादका कारण उक्त घटना घटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ भदौ २०७८, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ