काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ ।
बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् । संघीय संसद सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शम्शेर जवराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, १८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर