काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।
सदनको गतिरोध अन्त्य गर्न सभामुख सापकोटाले डाकेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सहभागिता जनाएको छैन । अध्यक्ष केपी ओलीलाई डाकिएको भए पनि उनी सहभागी भएनन् ।
प्रमुख प्रतिपक्षी दलले बहिस्कार गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख सापकोटा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका नेता प्रेम सुवाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । आफूले कारबाही गरेका १४ सांसदको सूचना पाटीमा टाँस नगरेसम्म एमालेले सदन अवरुद्ध गर्ने अडान राखेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
सभामुखको निर्वाचन २२ चैतमा
संसद् सचिवालयमा सर्वदलीय बैठक जारी
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार