काठमाडौ । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई पदमा बस्ने अधिकार नभएको बताएकी छन् ।
राष्ट्रियसभा बैठकमा बोल्दै वलीले कसैलेको स्वार्थका लागि आफ्नै कुर्सीलाई अपमान गर्ने व्यक्ति पदमा बस्न लायक नभएको बताइन् ।
'संवैधानिक प्रक्रियाअनुसार विधि प्रक्रिया बाहिर जानेलाई पार्टीबाट निकाल्ने प्रावधान हुँदाहुँदै सभामुखबाट कसैको स्वार्थका लागि, कसैको विनाशका निम्ति सभामुखजस्तो गरिमामय पदमा रहेको व्यक्तिले आफ्नै कुर्सीलाई अपमान गर्न मिल्छ ?' उनले प्रश्न गरिन, 'जसले कुर्सीको महत्व बुझ्दैन त्यसलाई कुर्सीमा बस्ने अधिकार हुँदैन ।'
सांसद वलीले सभामुख सापकोटालाई दुईजिब्रेको संज्ञा दिइन् ।
'हिजो रामबहादुर बादल लेखराज भट्ट टोपबहादुर रायमाझी प्रभु साहको एमालेमा आउँदा पद जाने, माधव नेपालजीहरू जसले पार्टीको ह्विप मानेन, उहाँहरुले पार्टीलाई विखण्ड गर्दा उहाँहरुको पद रहिरहन मिल्छ ?' उनले प्रश्न गरिन्, 'एउटै दिमागभित्र दुइवटा चिन्तन ? एउटै जिब्रोभित्र दुइटा बोली ? यो प्रवृत्तिले स्थायित्व प्राप्त गर्न सक्छ ? यस्ता व्यक्तिलाई संसदीय व्यवस्थामा कुनै जिम्मेवारी दिनुहुँदैन ।'
सभामुख पदलाई आँच पुर्याएकाले सापकोटा सभामुख भएर बस्ने अधिकार नभएको उनको भनाइ थियो । 'न्याय भनेको कसैलाई लागु हुने कसैलाई नहुने हुनसक्छ र ? यसले ल्याउने विकृतिलाई सभामुखले जिम्मा लिन सक्नु हुन्छ ? खुट्टी हेरेरै पत्याइयो । व्यवहारले नै पत्याइयो । मानव जीवनमा प्राप्त गरेको अमूल्य समयको दुरुपयोग सभामुखले गर्नुभएको छ नेपालको संसदीय इतिहासमा कलंकित बन्नेछ,' उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशको नेतृत्वमा’ ‘प्रचण्ड’को विकल्प छैन, एमालेको शिर निहुरिसक्यो : अग्नि सापकोटा
सम्पादकीय : न्यायको नाममा पुनः द्वन्द्वको आगो सल्काउने दुस्साहस !
अग्नि सापकोटाविरुद्धको रिटमा आज पनि सुनुवाइ नहुने
माओवादीमाथि अन्तर्राष्ट्रिय सर्वहारा वर्गले पनि आशा राखेका छन् : अग्नि सापकोटा
सत्ता चाहिए ज्ञानेन्द्रले पार्टी खोले भो : अग्नि सापकोटा
अहिलेको सरकार पूर्ण रूपमा असफल : अग्नि सापकोटा