चितवन । असोज १ गतेबाट भरतपुर केन्द्रीय अस्पतालमा बिरामी जाँचको समय बढाइएको छ । अब अस्पतालमा ओपिडी सेवा असोज १ गतेदेखि बिहान ९ बजेबाटै सञ्चालन गर्ने निर्णय गरिएको अस्पतालका मेडिकल मेसु प्राडा कृष्ण पौडेलले जानकारी दिए ।
यसअघि बिहान १० बजेदेखि ३ बजेसम्म सञ्चालन हुँदै आएको ओपीडी सेवालाई विस्तार गरी एक घण्टा अघिबाट नै सञ्चालन गर्न लागिएको हो । ओपीडी टिकट काट्ने समय समेत बढाइएको छ । बिरामीको चाप र टाढादेखि सेवा लिन आउने सेवाग्राहीहरूलाई समेत मध्यनजर गरी एक घण्टा समय थप गरिएको छ । यसअघि बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुँदै आएको ओपीडी टिकट काट्ने समय अब मध्याह्न १२ बजेसम्म पुर्याइएको मेसु पौडेलले जनाए ।
अस्पतालको अहिलेको प्रमुख समस्या बिरामीको भीड व्यवस्थापन समेत रहेको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए । नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, बारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशमै प्रथम
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
भरतपुर अस्पतालले बिमाको रकम नपाउँदा उपचारमा समस्या
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित