चितवन । असोज १ गतेबाट भरतपुर केन्द्रीय अस्पतालमा बिरामी जाँचको समय बढाइएको छ । अब अस्पतालमा ओपिडी सेवा असोज १ गतेदेखि बिहान ९ बजेबाटै सञ्चालन गर्ने निर्णय गरिएको अस्पतालका मेडिकल मेसु प्राडा कृष्ण पौडेलले जानकारी दिए ।
यसअघि बिहान १० बजेदेखि ३ बजेसम्म सञ्चालन हुँदै आएको ओपीडी सेवालाई विस्तार गरी एक घण्टा अघिबाट नै सञ्चालन गर्न लागिएको हो । ओपीडी टिकट काट्ने समय समेत बढाइएको छ । बिरामीको चाप र टाढादेखि सेवा लिन आउने सेवाग्राहीहरूलाई समेत मध्यनजर गरी एक घण्टा समय थप गरिएको छ । यसअघि बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुँदै आएको ओपीडी टिकट काट्ने समय अब मध्याह्न १२ बजेसम्म पुर्याइएको मेसु पौडेलले जनाए ।
अस्पतालको अहिलेको प्रमुख समस्या बिरामीको भीड व्यवस्थापन समेत रहेको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए । नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, बारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए
भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब पाउन बाँकी
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित