बीपीका उपकुलपति कारबाहीमा

पत्रपत्रिकाबाट

सोमबार, २८ भदौ २०७८, ०८ : ०१
बीपीका उपकुलपति कारबाहीमा

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको भन्दै कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले प्रतिष्ठानका उपकुलपति डा. गिरी प्राध्यापक भएको भन्ने प्रमाण कतै नभेटिएकाले प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया शुरू गरिएको बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २० गतेदेखि उपकुलपतिको बर्खास्तीलगायत विभिन्न माग राखी आन्दोलन भइरहेको सन्दर्भमा मन्त्रालयले उपकुलपति डा. गिरीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस