आज देशका कुन भूभागको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, २८ भदौ २०७८, ०७ : ५८
आज देशका कुन भूभागको मौसम कस्तो रहला ?

काठमाडौं ।  हाल मौसममा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै  मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार सोमबार बिहान गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ । यस्तै गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का बर्षा भएको छ ।

महाशाखाले सोमबार दिउँसो देशभर सामान्य बदली रहने पूर्वानुमान गरेको छ । यस्तै देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
यस्तै राति पनि देशभर सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस