एमसीसी उपाध्यक्ष र लोसपाका शीर्ष नेता बिच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, १४ : ०२
एमसीसी उपाध्यक्ष र लोसपाका शीर्ष नेता बिच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेको  एसीसीकी उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी छन् ।

 टोलीले लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग नक्सालस्थित होटल मेरियटमा भेटवार्ता गरेका हुन् ।

चार दिनअघि नेपाल आएका एमसीसी टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईसहितका नेताहरूसँग भेट गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस