१८ वर्षकी इम्माले बेलायतलाई दिलाइन् ४४ वर्षपछि उपाधि

एजेन्सी

आइतबार, २७ भदौ २०७८, ११ : ५४
१८ वर्षकी इम्माले बेलायतलाई दिलाइन् ४४ वर्षपछि उपाधि

बेलायत । इम्मा राडुकानुले बेलायतलाई ४४ वर्षपछि महिलातर्फको ग्रान्ड स्लाम एकल उपाधि जिताएकी छिन् । उनले लेलाह फर्नान्डेजलाई हराएर युएस ओपनको उपाधि जितेकी हुन् । 

१९ वर्षीया क्यानेडेली प्रतिद्वन्द्वीविरुद्ध १८ वर्षकी इम्माले ६–४ र ६–२ को जित निकालिन् । 

राडुकानुले उपाधि जितेसँगै बेलायती समर्थकहरु खुसीले पागलजस्तै भएका थिए, यसक्रममा भर्जिनिया वाडे खुसीले भावूक भइन् । ४४ वर्षअघि वाडेले नै बेलायतलाई ग्रान्ड स्लाम एकलतर्फ उपाधि जिताएकी थिइन् । उनले १९७७ मा बिम्बल्डन जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस