काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी रुकुम पूर्वको अध्यक्षमा भिउमान घर्तीलाई चयन गरिएको छ । जिल्ला कमिटीको पहिलो बैठकले घर्तीलाई अध्यक्षमा चयन गरेको हो ।
यसअघि उनी नेकपा एमाले जिल्ला कमिटी सचिव थिए । नेकपा एमाले विभाजन भएर एकीकृत समाजबादी पार्टी स्थापना भएपछि बसेको पहिलो बैठकबाट घर्तीलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको हो ।
घर्तीको अध्यक्षतामा १ सय ५ सदसीय जिल्ला कमिटि गठन गरिएको छ । जसको सचिवमा भुवनेश्वर उपाध्याय रहेका छन् । जिल्ला भेला असोजमा गर्ने तयारी भएको छ । बैठकबाट २५ सदस्सीय जिल्ला कमिटी सचिवालय पनि गठन गरिएको छ । बैठकमा कार्यविभाजन, कार्यालय सञ्चालन, आर्थिक व्यवस्थापन, गाउँपालिकामा संगठन विस्तार गर्ने जिम्मेवारी जिल्ला कमिटी सचिवालयलाई दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ भदौ २०७८, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?