कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, ०७ : ११
कस्तो रहला आजको मौसम ?

काठमाडौं ।  हाल मौसममा भारतको पुर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै  मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिणतर्फ रहेको पनि महाशाखाको भनाइ छ।

जसका कारण हाल  देशको पहाडी भूभामा सामान्य बदली र तराई भूभागमा आँशिक बदली रहेको छ ।

यसैगरी आइतबार दिनभर देशको अधिकांश भूभागमा  सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यसैगरी राति पनि देशभर आँशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस