काठमाडौँ । अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको छ । अमेरिकामा देशभरी नै डेल्टा भेरिएन्ट फैलिएको छ । चिकित्सकहरुले पनि डेल्टा भेरिएन्ट र शैक्षिक सत्रकोसुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताएका छन् ।
अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले गत मंगलबार मात्रै दुई हजार ३९६ जना बालबालिका कोरोनाभाइरसका कारण अस्पताल भर्ना भएको जनाएको छ । यो सङ्ख्या निकै धेरै भएको पनि अधिकारीहरुले बताएका छन् ।
अमेरिकामा कोरोनाभाइरसको महामारी सुरु भएको समय सन् २०२० को अगस्टदेखि अहिलेसम्म कुल ५५ हजार बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएका छन् ।
कोरोनाभाइरसका कारण मृत्यु भएका बालबालिकाहरुको सङ्ख्यामा पनि बुद्धि हुदै गएको पाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ५२० जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २५ भदौ २०७८, २२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा