थप ४८ नमुनामा डेल्टा भेरिएन्ट संक्रमण भेटियो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १५ : ५८
थप ४८ नमुनामा डेल्टा भेरिएन्ट संक्रमण भेटियो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । पछिल्लो पटक गरिएको जिन सिक्वेन्सिङमा कोरोनाभाइरसको संक्रामक प्रजाति डेल्टा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।असार २३ देखि भदौ ४ सम्म मुलुकका विभिन्न स्थानबाट लिइएका ४८ वटा नमुना परीक्षण गर्दा सबैमा डेल्टा पुष्टि भएको हो ।

जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए । उक्त नमुना भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टेग्रेटिभ बायोलोजी आईजीआईबीमा जिनोमिक सिक्वेन्सिङका लागि पठाइएको थियो ।

डेल्टा भेरिएन्ट सबै उमेर समूहका मानिसहरुमा संक्रमण हुने भएकाले सतर्कता अपनाउन मन्त्रालयले आग्रह छ । नेपालमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरिएन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरिएन्ट भेटिएको छ ।

नेपालको दोस्रो लहर संक्रामक हुनुमा डेल्टालाई कारण मानिएको छ । विज्ञहरुले डेल्टाकै कारण पुनः तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । पछिल्लो समय परीक्षण कम भएसँगै संक्रमण संख्या पनि घटेको छ भने मृत्युदर स्थिर छ ।

प्रतिक्रिया दिनुहोस