काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर विभिन्न अध्यादेशलाई निर्णायार्थ प्रस्तुत गरिरहेका छन् ।
सोही क्रममा सांसद प्रेम सुवाललाई राष्ट्र ऋण उठाउने अध्यादेश २०७८सहितका विभिन्न प्रस्ताव पेस गर्न सभामुख सापकोटाले समय दिए । तर, सांसद सुवालले प्रतिपक्षी दलको विरोध भइरहँदा आफूले प्रस्ताव पेस गर्न नसकिने भन्दै रोष्टममा उभिएर प्रस्ताव पेस गर्ने वातावरण बनाउन आग्रह गरे ।
त्यसपछि सभामुख सापकोटाले प्रस्ताप फिर्ता लिएको हो कि प्रस्तुत गरेको स्पष्ट गर्न भने । यसपछि सांसद सुवालले आफूले प्रस्ताव पेस गर्ने वातावरण बनाउन आग्रह गरेको बताए । यसरी सभामुख सापकोटा र सांसद सुवालबीच केहीबेर सवालजवाफ भयो । अहिले एमाले सांसदको नाराबाजीकाबीच सभामुख सापकोटाले बैठकलाई अघि बढाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले गरे संसद अवरोध