काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग राखेर दायर रिटको सुनुवाइ स्थगित भएको छ ।
सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा पठाएर घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो । तर, शाक्यले कुलमानको नियुक्ति खारेर गरेर आफूलाई प्राधिकरणमै पुनर्वहाली गर्न माग गर्दै रिट दायर गरेका थिए ।
सो रिटको शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा पेसी चढेको थियो । तर, रिट निवेदक शाक्यकै कानुन व्यवसायीको निवेदनमा शुक्रबारको सुनवाइ स्थगित गरिएको छ । यसअघि ८ भदौमा प्रधानन्यायाधीश जबराकै एकल इजलासले कुलमानलाई नियुक्ति गर्ने निर्णयसहितका मिसिल झिकाउन आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'