ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले भेट गरेको छ ।
भेटमा अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएका छन् । उनले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताए ।
भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताईन् । । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउदैं सकारात्मक निर्णय हुनेमा आफु आशावादी रहेको उनको धारणा थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’