काठमाडौँ । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा भेटेर फर्किने क्रममा फातिमाको टोलीलाई एमसीसीको विरोधमा रहेका समूहले कोटेश्वरमा कालोझण्डा देखाउने प्रयास गरेको थियो । सो क्रममा नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न दल र संगठनमा आबद्ध १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । यसैबीच पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै कोटेश्वरमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले प्रहरी प्रभाग घेराउ गर्दै पक्राउ परेकाहरुलाई तत्काल रिहाइको मागसहित एमसीसीको विरोधमा चर्को नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ भदौ २०७८, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीबारे जेठ ७ सम्म अमेरिकाले छिनोफानो लगाउने
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा