काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले डडेलधुरामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर अधिवेशन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।
उपसभापति निधिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज एक पत्र लेख्दै सभापतिको गृह जिल्लासमेत भएकाले क्रियाशील सदस्यता विवाद समाधानपछि मात्र वडा अधिवेशन प्रारम्भ गर्न आग्रह गरेका हुन्।
उहाँले पार्टी जिल्ला कार्यसमितिसँगको समन्वय र सहयोगबिना एकपक्षीयरूपमा अधिवेशनको मिति तोकिनु अनुचित भएको बताए ।
“यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरेर मात्र अधिवेशन प्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकारवालालाई निर्देशन वा मार्गदर्शनका लागि विनम्र अनुरोध गर्दछु”, उपसभापति निधिले पत्रमार्फत भने ।
जिल्ला कार्यसमितिको असहमतिका बीच निर्वाचन अधिकृतले २५ भदौका लागि वडा अधिवेशनको मिति तोकेपछि उपसभापति निधिले सभापति देउवालाई सम्बोधन गर्दै उक्त पत्र लेखेका हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २३ भदौ २०७८, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थाको पक्षमा जनमत बनाउँदै ०८४ को चुनावको तयारी गर्नुपर्छ: विमलेन्द्र निधि
सरकारको काम सन्तोषजनक छैन : कांग्रेस नेता निधि
बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि
प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ: विमलेन्द्र निधि
कांग्रेस-एमालेबीच समझदारी भएरमात्रै होईन, संविधान संशोधनको जरुरत छः विमलेन्द्र निधि
रविलाई विमलेन्द्र निधिको प्रश्न- क्लीन चिटको परिभाषा बदलिएको हो ?