हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । उनले मन्त्रिपरिषद् विस्तार गरी ११ सदस्यीय बनाउन लागेकी हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भएर नेकपा (एकीकृत समाजवादी) नयाँ दर्ता भएसँगै अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले यसअघिनै मङ्गलबारसम्मको अवस्था हेरेर मन्त्रिपरिषद् विस्तार गर्नसक्ने बताएकी थिईन् ।
एमाले बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले मन्त्रिपरिषद्मा पाँच मन्त्री र चार राज्यमन्त्री थप गर्न लागेको जानकारी दिए । उनले बुधबार साँझसम्ममा मन्त्रीहरुको नियुक्तसँगै सपथ ग्रहण गर्ने तय भएको बताउँदै को कसलाई मन्त्रीमा नियुक्त गर्ने पछिमात्र थाहा हुने बताए ।
नयाँ नियुक्त हुने मन्त्रीमा एमालेको ओली पक्षमा नै रहेका र विगतमा माधव नेपाल पक्षमा रहेर एमाले विभाजनपछि एकीकृत समाजवादी सनाखत नगर्ने प्रदेश सभाका सदस्यहरुले मन्त्री र राज्यमन्त्रीमा अवसर पाउने भएका छन् ।
यसअघि मन्त्रिपरिषद् विस्तार नाम चर्चामा आएर अन्तिममा नाम काटिएका प्रदीपकुमार कटुवाल, रचना खड्का, शान्तिप्रसाद पौडेललगायतका नाम विस्तारित मन्त्रिपरिषद्मा पर्ने चर्चामा रहेको छ । भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएसँगै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी शाक्यले मन्त्रिमण्डलबाट सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले राजीनामा दिएसँगै दुई सदस्यीय मन्त्रिपरिषद् मात्र रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ भदौ २०७८, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट