काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्ति गर्छौं भनेर पार्टीका नेता तथा कार्यकर्ताहरू प्रतिक्रान्तिमा लाग्न नहुनेमा जोड दिएका छन् ।
सहिदद्वय सुरेश वाग्ले र भीमसेन पोखरेलको २२औं स्मृति दिवसमा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा एमाले जस्तै हो भने पार्टी नै विघटन गरिदिए हुने उल्लेख गरेका छन् ।
माओवादी केन्द्रका नेता पनि क्रान्तिका लागि भन्दा पनि पद, प्रतिष्ठा र पैसातर्फ बढी केन्द्रित भएको गुनासो आउने गरेको बताउदैं उनले ‘हामी पनि त्यस्तै हुन्छौं कि भनेर डर लागिरहेको छ, बिस्तारै हाम्रो पनि लोगो मात्रै बाँकी होला भन्ने डर रहेको बताए ।
प्रचण्डले भने, ‘हामी पनि त्यस्तै हुने हो भने पार्टी किन चाहियो भन्ने प्रश्न उठेको छ। एमालेजस्तै हुने हो भने त यो पार्टीको अवाश्यकता नै के रहयो र, बरु यस्तो पार्टीलाई विघटन गर्दा राम्रो होला।’
उनले एमाले र कांग्रेसजस्तो माओवादी हुन नसक्ने बताउदैं माओवादीको चरित्र क्रान्ति र परिवर्तन गर्न सक्ने खालको हुनुपर्नेमा जोड दिए । फरक प्रसंगमा उनले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको समेत बताए ।
तर आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको उनले थप भनाई थियो । ‘गठबन्धनलाई एमसिसी प्रयोग गरेर फुटाउन सकिन्छ कि, भनेर एक थरि लागिरहेका छन्,’ उनले भने, ‘हामी यथास्थितिमा एमसिसी पारित हुन सक्दैन भनिरहेका छौं।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ भदौ २०७८, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’