काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्षी दलको सिटमा बस्ने जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको उक्त पार्टीले तत्काल सरकारमा नजाने निर्णय लिँदै प्रतिपक्ष दलको हैसियतमा नै प्रस्तुत हुन लागेको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।
‘देउवाजीलाई विश्वासको मत दिएको भए पनि संसदमा भने हामी प्रतिपक्षको भूमिका रहने निर्णय लिएका छौँ,’ महतोले भने, ‘देउवा सरकारको गुण र दोषको आधारमा प्रतिपक्षमा बसेर लोसपाले संसदमा भूमिका निभाउने छ ।’
उनका अनुसार त्यहीँ अनुसार संसद सचिवालयलाई पनि प्रतिपक्ष दलतर्फको सिट व्यवस्थापन गर्न अनुरोध गरिएको हो ।सो माग बमोजिम संसद सचिवालयले पनि लोसपालाई प्रतिपक्षीतर्फको कुर्सी व्यवस्थापन गरेको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ भदौ २०७८, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी एउटै चुनाव चिह्नबाट लड्ने
अशोक राई र राजेन्द्र महतोको दलले एकताउन्मुख सहकार्य गर्ने
रिंकु सदाको मृत्यु प्रकरण अपराधीलाई संरक्षण दिन खोजिँदैछ : राजेन्द्र महतो
चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँ: अध्यक्ष महतो