काठमाडौं । सरकारले बुधबार सदनमा पेस गर्न लागेका १५ वटा अध्यादेशमा नेपाल मजदुर किसान पार्टीले विरोध जनाउने भएको छ ।
तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएका १४ वटा र शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद अधिवेशन स्थगित गरी ल्याएको राजनीतिक दलसबन्धी अध्यादेशमा नेमकिपाले विरोध जनाउने भएको हो ।
संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख भई प्रस्तुत भएको अध्यादेशमा नेमकिपाको तर्फबाट सांसद प्रेम सुवालले ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन् ।
संसद सचिवालयका अनुसार आजै १५ वटा अध्यादेशलाई सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । जुन आजदेखि सुरु हुने संघीय संसदका दुबै सदनमा प्रस्तुत हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ भदौ २०७८, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
अध्यादेशका बिषयमा कानुनमन्त्रीले दिइन् यस्तो प्रष्टीकरण
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी
राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश
विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने