निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेजमेन्ट

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १५ : १४
निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेजमेन्ट

काठमाडौँ । फिल्म निर्देशक सुदर्शन थापाले इन्गेजमेन्ट गरेका छन् । सञ्चारकर्मी तथा मोडल सुप्रिया कटुवालसँग उनले सोमबार औंठी साटेका हुन् ।काठमाडौंको एक पाँचतारे होटलमा आयोजना भएको  इन्गेजमेन्ट समारोहमा सुदर्शन र सुप्रिया तर्फका सीमित परिवारका सदस्यको मात्र उपस्थिती रहेको थियो । नेपाली फिल्म क्षेत्रका सफल निर्देशन हुन् थापा । थापाले आज आफ्नो । जन्मदिनको अवसर पारेर इन्गेजमेन्ट गरेका हुन् । 

लभ स्टोरी फिल्म निर्देशनमा माहिर मानिएका थापाले ‘मेरो एउटा साथी छ’बाट निर्देशनमा डेब्यु गरेका हुन् । त्यसपछि उनले ‘मधुमास, ‘प्रेमगीत’ ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’ लगायत थुप्रै हिट फिल्मका निर्देशक गरेका छन् ।

सुप्रियाले पनि म्युजिक भिडियो अभिनयपछि टेलिभिजनमा काम गर्न थालेकी हुन् ।सुदर्शनले आउँदो असोज २२ गते हिन्दू परम्पराअनुसार विवाह गर्ने बताइएको छ । सुदर्शन र सुप्रिया विगत एक वर्ष प्रेममा रहेका थिए ।
 

प्रतिक्रिया दिनुहोस