सिन्धुपाल्चोक । अविरल वर्षाले मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो ।
सिन्धुखोलामा विद्युत्को पोल ढल्दा मेलम्ची बजारलगायत ठाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।
वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउ सकिने र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ भदौ २०७८, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा