आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, ०७ : ४४
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । अहिले बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको जनाइएको छ ।  यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै  र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको  प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस