नख्खु कारागारमा नाइके र कैदीबन्दीबीच झगडा

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, १४ : ३८
नख्खु कारागारमा नाइके र कैदीबन्दीबीच झगडा

काठमाडौं । ललितपुरको नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झगडा भएको छ ।

कारागारभित्र होटलको मूल्य बढाएको विषयमा सुरु भएको वादविवाद कुटाकुटमा परिणत भएको प्रहरी स्रोतले बतायो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले अहिले विवाद साम्य भइसकेको बताए । ‘आन्तरिक समस्या हो, अहिले साम्य भइसकेको छ’ उनले भने, ‘गुनासोहरुलाई लिखितरुपमा बुझाउन भनेका छौं ।’अहिले कारागारमा कारागार प्रशासन, प्रहरी र कैदीबन्दीबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस