काठमाडौं । नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदी बन्दीलाई आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ ।
प्रशाशनले तत्काल जेलमा नफर्किए भविष्यमा प्राप्त हुने कानूनी अधिकार,सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा असर पर्ने चेतावनी दिएको छ ।
नख्खु जेलबाट रास्वपा सभापति रवि लामिछानेसहित १४ सय कैदी बन्दी बाहिरिएका थिए । तीमध्ये पूर्व राज्यमन्त्री सञ्जय टकलासहित केहीलाई प्रहरीले काभ्रेको मंगलटारबाट पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, १४ : २४
लेखकबाट थप