काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीमा नेकपा एमाले परित्याग गरेका वामदेव गौतम अटाउन नसकेको देखिएको छ । नेकपा एमालेवाट विभाजित भएको नेकपा (एस)ले नेपाल नेतृत्वमा पाँच सदस्सीय स्थायी कमिटी बनाउँदा गत शुक्रवार नेकपा एमाले परित्याग गरेका गौतम अटाउन नसकेका हुन् ।
नेकपा एसले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मार्फत अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थायी कमिटी गठन गरेको जानकरी गराएका छन् । तर, नेकपा एसमा प्रवेश गर्न लागेका गौतमलाई भने अन्तरपार्टी निर्देशनमा स्थायी कमिटीमा राखिएको छैन ।
‘पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म काम गर्नको निम्ति अध्यक्ष कमरेड माधवकुमार नेपाल, वरिष्ठ नेता कमरेड झलनाथ खनाल र नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहनु भएका कमरेडहरु मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल, प्रमेश हाल रहनु भएको स्थायी कमिटी गठन गरिएको छ’ अपानीमा उल्लेख गरिएको छ । केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी भने गंगालाल तुलाधारले पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० भदौ २०७८, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?