काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।
प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका थिए । आफूलाई गैरकानुनी रूपमा हटाएर सरकारले घिसिङलाई प्रमुख कार्यकारी नियुक्त गरेको शाक्यको जिकिर छ ।
यसअघि प्रधानन्यायाधीश जबराकै इजलासले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, प्राधिकरण सञ्चालक समिति बैठकको निर्णय र शाक्य तथा प्राधिकरणबीच भएको सम्झौताको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० भदौ २०७८, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'वैकल्पिक शक्तिहरू सबै एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौँ' : कुलमान घिसिङ
नयाँ शक्तिहरू एक हुन्छौँ’ : कुलमान घिसिङ
‘सम्पत्ति विवरण हामीले बुझाएका छौँ, प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेन’ : कुलमान घिसिङ
तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री कुलमान घिसिङ
टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ
‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व नयाँ शक्तिहरूले गर्नुपर्छ’ : कुलमान घिसिङ