काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)पार्टीको राजनीतिक प्रतिवेदन वरिष्ठ नेता झलनाथ खनालले लेख्ने भएका छन् । नेकपा एकीकृत समाजवादीमा तत्कालीन एमाले महासचिव मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने नमान्ने बहस चलिरहेका बेला खनाललाई राजनीतिक प्रतिवेदन लेख्ने भएका हुन्।
उनले नेकपा एकीकृत समाजवादीले नयाँ राजनीतिक कार्यदिशा बनाउनुपर्ने प्रस्ताव गर्दै दिल्लीबाट मञ्जुरीनामासहित समाजवादीमा सनाखत गरेका थिए। १४ भदौमा स्वदेश फर्किएपछि खनाललाई नेकपा एकीकृत समाजवादीले १३ सदस्यीय राजनीतिक प्रतिवेदन लेखन नेतृत्वको जिम्मेवारी दिएको हो।
खनाल नेतृत्वको राजनीतिक प्रतिवेदनमा जबजमा नै विद्यावारिधि गरेका डा बेदुराम भुसाल, एमाले प्रदेश सांसदबाट निष्कासित प्रकाश ज्वाला, महासचिवका दावेदारद्वय गंगालाल तुलाधर र विजय पौडेल पनि छन्। त्यस्तै प्रदेश १ मा मुख्यमन्त्रीका दावेदार राजेन्द्र राई, संघीय सरकारमा सम्भावित मन्त्रीमध्ये जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीसहित केशवलाल महर्जन, सावित्रा भुसाल र गणेश विश्वकर्मा छन्।
मिति तय नभएको राष्ट्रिय सम्मेलनमा उक्त राजनीतिक प्रस्ताव पेश गर्ने उद्देश्यसहित खनाल नेतृत्वको राजनीतिक प्रतिवेदन लेखन सुरु भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा