काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)पार्टीको राजनीतिक प्रतिवेदन वरिष्ठ नेता झलनाथ खनालले लेख्ने भएका छन् । नेकपा एकीकृत समाजवादीमा तत्कालीन एमाले महासचिव मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने नमान्ने बहस चलिरहेका बेला खनाललाई राजनीतिक प्रतिवेदन लेख्ने भएका हुन्।
उनले नेकपा एकीकृत समाजवादीले नयाँ राजनीतिक कार्यदिशा बनाउनुपर्ने प्रस्ताव गर्दै दिल्लीबाट मञ्जुरीनामासहित समाजवादीमा सनाखत गरेका थिए। १४ भदौमा स्वदेश फर्किएपछि खनाललाई नेकपा एकीकृत समाजवादीले १३ सदस्यीय राजनीतिक प्रतिवेदन लेखन नेतृत्वको जिम्मेवारी दिएको हो।
खनाल नेतृत्वको राजनीतिक प्रतिवेदनमा जबजमा नै विद्यावारिधि गरेका डा बेदुराम भुसाल, एमाले प्रदेश सांसदबाट निष्कासित प्रकाश ज्वाला, महासचिवका दावेदारद्वय गंगालाल तुलाधर र विजय पौडेल पनि छन्। त्यस्तै प्रदेश १ मा मुख्यमन्त्रीका दावेदार राजेन्द्र राई, संघीय सरकारमा सम्भावित मन्त्रीमध्ये जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीसहित केशवलाल महर्जन, सावित्रा भुसाल र गणेश विश्वकर्मा छन्।
मिति तय नभएको राष्ट्रिय सम्मेलनमा उक्त राजनीतिक प्रस्ताव पेश गर्ने उद्देश्यसहित खनाल नेतृत्वको राजनीतिक प्रतिवेदन लेखन सुरु भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल