बनेपा । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफूमाथि भ्रष्टाचारको आरोप लगाउनेहरुलाई पुष्टी गर्न चुनौति दिएका छन् ।
जिल्ला कार्यकर्ता भेलालाई शनिवार बनेपामा सम्बोधन गर्दै बाँस्कोटाले भने– ‘राज्यका छानविनकारी निकायलाई चुनौती दिन्छु । म कठघरामा उभिन्छु । छानविन गर । हिम्मत छ भने पुष्टि गर । जनताले एमालेलाई दिएको मत बेच्नेहरु महाभ्रष्ट हुन् । त्यस्ताले ममाथि आरोप लगाउनुको औचित्य छैन ।
बाँस्कोटाले जनताले एमालेलाई दिएको मत कांग्रेसको पाउमा लगेर शेरवहादुर देउवालाई बेच्नेहरुले आफूमाथि प्रश्न उठाउने नैतिक हैसियत नरहेको दावी गरेका छन् ।
उनले आफूले मन्त्री हुँदा पनि घरबाहाल बापतको रकम नलिएको बताए। ‘मन्त्री हुँदा पनि घरवहाल वापतको रकम लिइनँ । पार्टी अध्यक्षको घरमा गएर बसेको हुँ,’ बास्कोटाले भने ‘तर ममाथि आरोप लगाउनेहरु पार्टी कार्यालयको सम्पत्ति चोरेर हिड्नेहरु छन् ।
उनले जिल्लामा आफ्नो पालामा इतिहासकै धेरै विकास भएकाले कांग्रेस समेत नतमस्तक भएपछि एमालेभित्रकै केही व्यक्ति भौतिक रुपमा सिध्याउने षडयन्त्रमा समेत लागेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश संरचना पुनरावलोकन र समानुपातिक प्रणाली हटाउन गोकुल बास्कोटाको सुझाव
गोकुल बास्कोटाको सुझाव : 'सरकारले संघीयता खारेज गर्नुपर्छ'
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा